१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ अन्तर्गत खेलमा अफगानिस्तानसंग नामिबिया ६२ रनले पराजित भएको छ ।

आइतबारको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको हो । समूह २ को यो खेलमाजित हात पारेसंगै अफगानिस्तानले अंक तालिकामा ४ अंक जोडेको छ।

अफगानिस्तानले दुई खेल जितेको छ । यो भन्दा अगाडि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो । पाकिस्तानसंग भने पराजित भएको थियो ।

खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ९८ रनमा सीमित भयो ।

अबुधावीमा भएको खेलमा नामिबियाका लागि डेभिड विजेले सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका हमिद हसन र नविन–उल–हकले समान ३–३ विकेट हात पारे ।

यस्तै गुलबदिन नइवले दुई विकेट लिए तथा राशिद खानले एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन बनाए।

मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र अस्गर अफगानले ३१ रनको योगदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV