१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको छ । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक २५ रन बनाउँदा निर्धारित ओभरमा ७ विकेट गुमाएर मात्रै ११० रन बनायो ।

भारतका लागि इशान किसन र केएल राहुलले ओपनिङ गरेका थिए । भारतका इशान किसन ४ रन बनाउँदै आउट भए । त्यस्तै ५.५ ओभरमा ३५ रन भएका बेला दोस्रो विकेट पतन भएको थियो । त्यतिबेला केएल राहुल १८ रन बनाएर आउट भए ।

उनले १६ बल फेस गर्दा ३ चौका प्रहार गरे । त्यस्तै रोहित शर्मा पनि धेरैबेर टिक्न सकेनन् । १४ बलमा १४ रन बनाएका रोहित एक छक्का र एक चौका प्रहार गरेर पभेलियन फर्किए ।

कप्तान विराट कोहली ७ रन बनाएर आउट हुँदा भारतले ४८ रनमा चौथो विकेट गुमाएको थियो । यस्तै १९ बल फेस गरेका ऋषभ पन्तले १२ रन बनाएर आउट भएका थिए ।

सार्दुल ठाकुरले खाता खोल्न सकेनन् भने रविन्द्र जडेजा२६ रनमा नटआउट रहे । जडेजाले बनाएको रन नै सर्वाधिक रन रह्यो । उनले १९ बल फेस गर्दा एक छक्का र २ चौका प्रहार गरेका थिए ।

भारतमाथि दबाब कायम गर्दा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ३ र इस सोडीले दुई विकेट लिए । त्यस्तै टिम साउथी र एडम माइनले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV