१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरणबारे छानबिनका लागि गठित समितिले गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

आइतबार गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो ।

बाँकेको जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नकुन्नीको हत्या दुवै आरोपीलाई थुनामा राखिएको छ । यस सन्दर्भमा समितिले मुद्दा विचाराधीन रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यता, निर्मलाका विषयमा भने जग्गा हडपेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएकी निर्मलालाई उनको नाममा भएको ४ बिगाहा १० कठ्ठा जग्गा दुःख दिएर हडपेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV