१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक बन्नका लागि ३८ जनाले आवेदन दिएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक बन्नका लागि खुला आवेदन माग गरेको थियो ।

ह्वाटमोरले ओमान सिरिजका बेला अचानक राजीनामा दिएपछि नेपाली टिम अहिले प्रशिक्षकविहीन बनेको छ । आज अन्तिम दिनसम्म नेपाल क्रिकेट संघमा ३८ जनाले आवेदन दिएका हुन् ।

जसमध्ये ५ जना हाइप्रोफाइल प्रशिक्षकहरु रहेका क्यान स्रोतले जनाएको छ । अब चाँडै प्रक्रिया पूरा गरेर सर्ट लिस्ट गर्ने क्यानले जनाएको छ ।

LIVE TV