१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा आफूलाई सर्वोच्च अदालतको कुर्सीमा पु¥याउने नेताहरु कहाँ गएर माग्नुपर्ने बताएका छन् ।

अदालत बन्द गराएर प्रधानन्यायाधीशको राजीनामा माग्न नमिल्ने भन्दै जनताको न्यायको अधिकारलाई बन्धक बनाउन नपाउने बताए । आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर शाहीले न्यायाधीशहरुलाई तत्काल इजलासमा फर्किएर जनताको न्यायको अधिकार हनन नगर्न भने ।

शाहीले भने, ‘जनताले न्याय माग्न जानुपर्ने अदालतलाई न्यायाधीशहरुले बन्धक बनाउन पाउँदैनन् । अदालत बन्द गरेर होइन् तपाईहरु राष्ट्रपति, संवैधानिक परिषद् र आफूलाई सर्वोच्च अदालतमा पु¥याउने नेताहरुकोमा प्रधानन्यायाधीशको राजीनामा माग्नुस् ।’

उनले सबै न्यायाधीशहरु पार्टीको सदस्य हुने विधि नै गैह्रकानूनी भएको आरोप लगाए । न्यायाधीश भएकाहरु सपथ लगत्तै दलको केन्द्रीय कार्यालय पुगेको घटना स्मरण गराउँदै अहिलेको अदालतको विकसित घटना राजनीतिक दलका केही नेताहरुको स्वार्थको रक्षाका लागि भइरहेको बताए ।

अर्को प्रसंगमा शाहीले नेपालको न्यायालय नै विदेशीले किनेको आरोप लगाए । उनले भने, ‘न्यायालय विदेशी संस्था यूएनडीपीले किनेको छ ।’ अदालत बन्द भएकै कारण जनताले दुःख पाएको भन्दै शाहीले राज्यलाई ठगेर खोक्रो पारेका धमिराहरुले नै आज अदालतलाई बन्धक बनाएको उनले आरोप लगाए ।

‘सर्वोच्च अदालत कुनै व्यक्तिको मात्र होइन् न त न्यायाधिशको मात्र हो’, शाहीले भने, ‘स्वतन्त्र निकायलाई बन्धक बनाउन पाइदैन् । सदनबाट महाअभियोग प्रस्ताव लैजानुस् तर अदालतको काम रोक्न पाइदैन् ।’

उनले देशमा कानुनी राज्य र विधिको शासन छ भन्न पनि लाज लागेको टिप्पणी गरे । अदालतलाई बन्धक बनाउनु ठूलो अपराध र अन्याय भएको उनको भनाइ थियो । अदालतमा अमर्यादित ढंगले न्यायाधीशहरु प्रस्तुत भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV