१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले अभिनय गरेका ‘जब तिमी’ युट्युबमा आएको छ ।

गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ। यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा दिएकी छन् ।

गीतमा केदार उप्रेतीको शब्द रहेको छ । यस्तै बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ।

सौरभ लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।

किरण राईको निर्देशनमा तयार पारिएको भिडियो ओएसआर डिजिटलको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV