१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतको स्थिति डामाडोल अवस्थामा रहेको बताएका छन् । आइतबार वीपी विचार राष्ट्रिय समाजद्वारा लिखित वीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश विवादमा तानिदा सर्वोच्च अदालतको स्थिति डामाडोल रहेको बताएका हुन् ।

उनले सबै एकातिर र प्रधानन्याधीश एकातिर लागेको बताए । पूर्वराष्ट्रपति ययादवले लोकतन्त्रको माध्यमबाट आएको नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र धर्मनिरपेक्ष रहेपनि दुई पटक संसद भंग गरेर जनताको सार्वभौम संस्थालाई हत्या गर्ने काम गरेको आरोप लगाए ।

संविधान राम्रो छ भनेर वीपी विचार राष्ट्रिय समाजले व्यापक छलफल, अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले नेपालमा राजनीति गर्नेहरुले राष्ट्र, राष्ट्रियता समाजबाद र प्रजातन्त्र बुझ्नका लागि वीपीको जीवन दर्शन अध्ययन गर्न आवश्यक रहेको धारणा राखे ।

वीपीलाई अलग गरेर कांग्रेसलाई बुझ्न नसकिने भन्दै अहिले कांग्रेसको अवस्था नाजुक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV