१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । राजविर मानन्धर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाईज यु–१४ तर्फको उपाधि उचाल्न सफल भएका छन् । आईतबार भएको सेमिफाईनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम कोर्न सफल भएका हुन् ।

तर उनी युगल तर्फ भने सेमिफाईनलमा पराजित भएका छन् । युगल तर्फ प्रनभ महर्जनलाई जोडी बनाएर प्रतिस्पर्धामा उत्रेका उनी दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई वाक ओभर प्रदान गर्दै सेमिफाईनमानै यात्रा टुङ्गयाउन बाध्य भए ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १२ तर्फ दर्शिल श्रेष्ठले उपाधी उचाले । उनले बोरिस अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन् ।

यस्तै सोही उमेर समूहको छात्रा तर्फ समृद्धि महर्जनले जित हात पारिन् । महर्जनले फाईनलमा शिभाली गुरुङ्गलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसाथ गरेकी हुन् ।

छात्र यु १० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाईनलमा स्पन्दन उदासलाई ७–६, ६–३, ११–९ को कठिन जितका साथ उपाधी चुमे ।

सातदोवाटोस्थित टेनिस कोर्टमा भएको जुनियर तर्फको अन्य खेलमा छात्रा यु–१४ तर्फ सुनिरा थापा र आद्या पौडेल उपाधि निकट पुगेका छन् । सुनिराले जेनी खड्कालाई ६–४, ६–१ ले पराजित गर्दै उपाधीका लागि पौडेल संगको भेट पक्का गरेकी हुन् ।

पौडेलले प्रशंस मोक्तानलाई ६–३, ६–३ को सेटमा पराजित गरिन् । यस्तै छात्र तर्फ यु – १४ तर्फ आयुश्मान हजुर घले र सक्षम श्रेष्ठको जोडी तथा दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडी फाईनल प्रवेश गरेका छन् । घले र श्रेष्ठको जोडीले स्लोक खड्का र श्रीयोग आचार्यको जोडीलाई ६–१, ६–१ को सेटमा तथा दर्शिल र श्रीजनको जोडी राजवीर मानन्धर र प्रनभ महर्जनको जोडीबाट वाक ओभर प्राप्त गर्दै फाईनल प्रवेश गरेका हुन् ।

यस्तै यसै उमेर समूहको छात्रा युगल तर्फ आध्या पौडेल र समृद्धि महर्जनको जोडीले फाईनलमा स्थान बनायो । पौडेल र महर्जनको जोडीले मालाश्री श्रेष्ठ र कृषाको जोडीलाई ६–२, ६–२को समान अन्तरले पराजित गरेका हुन् ।

यसैगरि सुनिरा थापा र प्रशंसा महर्जनको जोडीले पनि फाईनल यात्रा तय गरे । थापा र महर्जनको जोडीले जेन्नी खड्का र कर्मिष्ठा एन। एसको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

सिनियर तर्फको प्रतिस्पर्धामा पुरुष युगल तर्फ निहाल जंग बहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाईनल प्रवेश गरेका छन् । थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको जोडीलाई ६–४, ६–३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नविन पाईजाको जोडीलाइ २–६र्, ६–१, ११–९ को कठिन जितका साथ उपाधी भिडन्त पक्का गरेका हुन् ।

यस्तै महिला युगल तर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा बिष्ट र ईरा एम। राउतको जोडी उपाधी निकट पुगेका छन् । प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृती श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।

पुरुष ३५ बर्ष माथिको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाईनल प्रवेश गरेका छन् । भण्डारीले भिष्म जंग गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गर्दै फाईनलमा सिमान्त संगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६–०, ६–१ ले पन्छाए ।

पुरुष ४५ बर्ष माथिको स्पर्धामा सिजर गुरुङ्ग र विमल कुमार गुरुङ्गले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिजरले रोहित सुनुवारलाई ६–३, ६–१ ले तथा विमलले सुकमान तामाङ्गलाई ६–३, ६–४ ले पराजित गरे ।

पुरुष ५५ बर्ष माथिको स्पर्धामा कमल थापाले सागर केसीलाई ६–०, ६–० ले पराजित गर्दै उपाधीका लागि विमल कुमार गुरुङ्ग संगको भेट पक्का गरेका हुन् । विमलले ध्रुव गुरुङ्गबाट रिटायर्ड हर्टको आधारमा जित निकाले ।

२–० को अवस्थामा ध्रुव रिटायर्ड हर्ट भएका थिए ।
पुरुष ३५ बर्ष माथिको युगल तर्फ निरज थापा र लोक गुरुङ्गको जोडी क्वाटरफाईनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६–७, ६–३, ११–९ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV