१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । एएफसी यू २३ एसियन कप छनोटमा नेपाल लेबनानसँग ४-० ले पराजित भएको छ ।

सबै खेलमा पराजित हुँदै आएको नेपाल आइतबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको आफ्नो अन्तिम खेलमा लेबनासँग पराजित हुँदै स्वदेश फर्किएको छ ।

लेबनानसँग नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल खाएको थियो । समुहको तेस्रो तथा अन्तिम खेलमा आइतबार नेपालले लेबनानसँग भिडन्त गरेको थियो ।

लेबनानका जेइन फरानले खेलको पहिलो हाफको २६ औं मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । त्यसपछि
दोस्रो हाफमा नेपालविरुद्ध झन् आक्रामक रुपमा उत्रिएको लेबनाले ४७ औं मिनेट दोस्रो गोल गर्यो । जेइनले नै दोस्रो गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा लेबनान मोहमद नासिरले गोल गरे । ८२ औं मिनेटमा लेबनानका हेइदरले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV