१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । सैनिक अदालतमा पठाइएको मुद्धा पुनः जिल्ला अदालतमै फिर्ता भएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धीको मुद्दा जिल्ला अदालत चितवनमै फर्काउन आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने सर्वाेच्चलाई पत्र पठाएको थियो । तर, उक्त मुद्दा फेरि जिल्ला अदालतमै फर्किएको छ ।

महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।

प्रधानन्यायाधीश जबराले उक्त मुद्दाको अन्तरिम आदेश जारी गर्दैै विपक्षीसँग लिखित जवाफ पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV