१४ कार्तिक २०७८, आईतवार

बुटवल । म्यानमार बनाएर ल्याइएको ‘महाकरुणा बुद्धमूर्ति’ रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनावरण गरिएको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा पुगी विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरेकी हुन् ।

साढे २ अर्ब मूल्य रहेको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो छ । मूर्तिको उचाइ १ दशमलब ९ मिटर रहेको छ भने चौडाइ ६० सेन्टिमिटर रहेको छ ।

मूर्तिले विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई लुम्बिनी प्रवेश गरेको फरक महशुस गराउने लक्ष्य लिएको लुम्बिनी गार्डेन फाउन्डेशनले भनेको छ । मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको छ ।

उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो । बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV