१४ कार्तिक २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । विराटनगर महानगरपालिका–११ मा डेरा गरेर बस्ने माधबकुमार बस्नेत २०७७ पुस १ गते सिराहको लाहानमा ट्याक्टरले किच्दा गम्भीर घाइते भएका थिए । सवारी चालक अनुमति–पत्र समेत नभएका शम्भु सदायले चलाएको ट्याक्टरले किच्दा बस्नेतका दुवै खुट्टामा चोट लागेको थियो ।

उक्त दुर्घटनापछि बस्नेतको हालसम्म पनि एउटा खुट्टा भने चलाउन सक्ने स्थिति छैन । दुर्घटना भएको १२ दिनपछि होस् आउदा उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सो अस्पतालमा उनको २ महिना उपचार भयो ।

त्यो समयसम्म उनको दाहिने खुट्टाको हड्डी नजोडिएपछि चिकित्सकले उनलाई अन्य ठूलो अस्पतालमा जान सल्लाह दिए । तर, डेरा गरी बस्दै आएका बस्नेतको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनले थप उपचार गर्न सकेका छैनन् ।

साथै, दुर्घटना वापत पाउनु पर्ने खर्च समेत नपाएको बस्नेतको गुनासो छ । उपचारमा उनको १५ लाख खर्च भइसकेको छ । एउटा खुट्टामा रड हालेको छ तर, त्यो खुट्टाले काम गर्ने÷नगर्ने टुुंगो नभएको उनको भनाइ छ ।

अहिले उनी हिडडुलसमेत गर्न सक्दैनन् । उनको अर्काको साहारामा ओछ्यानमै दिशा पिसाव हुन्छ । दुर्घटना गराउने ट्याक्टर मालिकले अझैसम्म क्षतीपूर्ति नदिएको र प्रहरी प्रशासनबाट पनि उचित सहयोग नभएको बस्नेतले गुनासो गरेका छन् ।

उनले गत भदौ १५ गते अदालत जाने क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेललाई आप्mनो घाउ देखाउदा उल्टै सिडिओले तपाईको कथा व्याथा सुन्ने फुर्सद छैन भनेर गाली गरेको र क्षतीपूर्ति दिनुको साटो उल्टै सिडिओले हप्काएको गुनासो गरेका छन् ।

उनले जे–जस्तो भएपनि आफ्नो उपचार हुनुपर्ने माग गरेका छन् । ट्याक्टर धनी रामएकवाल महतोका आफन्तले किस्ता–किस्ता गरेर २ लाख १५ हजार रुपैया सुरुका दिनमा अस्पतालमा बुुझाएको र पछिका दिनहरुमा भागी–भागी हिडेको बस्नेतको गुनासो छ ।

प्रशासन कार्यालयले पिडकलाईनै साथ दिएको र थोरै पैसा लगेर मिलाउन खोजेको उनले बताए । सिडिओले ८ लाख रुपैया भन्दा बढी पिडक पक्षले दिन नसक्ने बताएका थिए, त्यस्तै अन्य सिडिओ आएपनि ‘तपाईको क्षतिपूर्ति यो भन्दा बढी पाउनुहुन्न’ भन्दै आफूलाई हप्काएको उनले गुनासो गरेका छन् ।

अनुमति पत्र नभएका चालक पूर्पक्षका लागि सिरहा कारागारमा छन् । असक्त अवस्थामा पुुगेका बस्नेत प्रहरी प्रशासनको सहयोग नपाउदा अब थप उपचार गराउन नसक्ने अवस्थामा पुुगेको छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV