
एजेन्सी । साउदीको कम्पनी अरामकोले तेस्रो त्रैमासमा १५८ प्रतिशतभन्दा बढी नाफा कमाएको छ ।
साउदीको तेल कम्पनी अरामकोले यो वर्षको तेस्रो त्रैमासिकमा १५८ प्रतिशत बढी नाफा गरेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अरामकोले आइतवार आफ्नो खुद नाफा दोब्बरभन्दा बढी कमाएको जनाएको छ।
तेस्रो त्रैमासिकमा आरामकोको खुद नाफा ३०.४ बिलियन डलर पुगेको छ । जहाँ अघिल्लो वर्षको सोही त्रैमासिकमा अरामकोको नाफा ११.८ अर्ब डलर थियो ।
ूतेस्रो त्रैमासिकमा हाम्रो प्रभावशाली प्रदर्शन प्रमुख बजारहरूमा बढेको आर्थिक गतिविधि, बढेको ऊर्जाको माग र हाम्रा किफायती उत्पादनहरूद्वारा संचालित थियो,ू आरामकोका प्रमुख कार्यकारी अधिकृत अमिन नासेरले एक विज्ञप्तिमा भने।