१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । ‘पिरतीको खुल्ला आकाशमा’ बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायिका निशा कँडेलको रहेको छ । गीतमा रमेश दहालको शब्द रहेको छ, भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV