१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतिस्पर्धामा त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै झापा भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल प्रतिस्पर्धामा आर्मीलाई २–० गोल अन्तरले हराउँदै झापा भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिम बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा भने झापाले दोस्रो दुई गोल प्रहार गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।

झापाका तर्फबाट कप्तान भेषराज लिम्बूले ४७ औँ मिनेटमा र श्यामकुमार गोलेले ६० औँ मिनेटमा एक एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV