१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV