१४ कार्तिक २०७८, आईतवार

काठमाडौ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि कडा प्रश्न गरेका छन् ।

उहाँले प्रधानन्यायाधीश जबराले बारको आग्रह नमानेको भन्दै आक्रोशसमेत प्रकट गरेका छन् । आइतबार बारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बारले राजीनामा माग गरिसकेको अवस्थामा पनि प्रधानन्याधीशले गर्ने तपाई को हो भन्दै प्रश्नसमेत गरेका थिए ।

उनले सञ्चारकर्मीहरुमाझ भने, ‘नेपाल बारले राजीनामा मागिसक्यो। बारले राजीनामा माग्दासमेत नदिने तपाईं को हो?’

उनले न्यायपालिको संसक्षक नेपाल बार नै भएको पनि दावी गरे । प्रधानन्यायाधीशको व्यक्तित्वको कुरा नगरी आफूहरुले न्यायलयको कुरा गरिरहेको बताउँदै उनले पदमा बसिरहे बारले आन्दोलन गरिरहने बताए ।

न्यायालय जस्तो पवित्र स्थानमा जे गर्नुपर्नें हो त्यो प्रधानन्याधीशबाट नभएको अधिवक्ता थापाले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV