
- महेश्वर के.सी.
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै न्याय सम्पादनमा असर गरेको भन्दै त्यसविरुद्ध सडक नाटक प्रदर्शन भएको छ ।
न्यायालयमै राजनीति गरेर इजलास बहिस्कार गरिनु दुःखद रहेको भन्दै नेपालका चर्चित कलाकारहरुले आइतबार बिहान साढे ९ बजेदेखि माइतीघर मण्डलामा बृहत सडक नाटक प्रदर्शन गरेका थिए ।
प्रदर्शनकाे मूल ब्यानरमा लेखिएकाे छ- ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर इजलासमा लानैपर्छ ।’ साथै विभिन्न नाराअंकित प्लेकार्ड समेत बाेकेर प्रदर्शन गरिएकाे थियाे ।