१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आइतबार विज्ञापन जारी गर्दै बैंकले विभिन्न पदमा गरि ८ सयभन्दाबढी कर्मचारीका लागि आवेदन खुला गरेको हो ।

लोकसेवाको अनुमतिमा सबै पदहरुका लागि आवेदन खुला गरिएको बैंकले बताएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले वरिष्ठ प्रबन्धक देखि सहायकसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले विभिन्न पदमा गरेर ८ सय ३५ जनाका आवेदन खुला गरेको हो । सोमबारबाट अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV