१४ कार्तिक २०७८, आईतवार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीले सर्वोच्च अदालतमै धर्ना सुरु गरेका छन् ।

आज (आइतबार) बाट उनीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । न्यायालयमा विकृति देखिएको भन्दै सुधारको मागसहित कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले रहरले नभएर न्यायालयको शाख जोगाउन बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । यस्तै, एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले न्यायालयको शुद्धीकरणका लागि धर्ना तथा प्रदर्शन सुरु गरिएको बताइन् ।

प्रधानन्यायाधीश जबरा विवादित बनेपछि उनलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न मागसहित बारले ४ दिने आन्दोलन सुरु गरेको हो । प्रन्या जबराकाे राजीनामा माग गर्दै सर्वाेच्चकै न्यायाधीश समेत अघिल्लाे हप्तादेखि भद्र अवज्ञामा उत्रिएका थिए ।

तर कानुन व्यवसायीकाे एक समूहले भने सेताे पट्टी समेत बाँधेर प्रदर्शन गरेका छन् ।

LIVE TV