१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । गायक सुनिल कटुवालले डाँडै काटौँला बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनको गीतको म्युजिक भिडियोसमेत युट्युव मार्फत शनिबार सार्वजनिक भएको छ । गीतमा सुनिललाई गायिका मेलिना राईले साथ दिएकी छन् ।

त्यस्तै गीतको रचना दिनेशराज पुरीको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ । त्यस्तैगरी उक्त गीतको भिडियोमा सरोज खनाल, सुरबीर पण्डित, पल शाह, पुष्प खड्का, अलिशा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

गायक सुनिल कुटुवालका दर्जनौं गीत नेपाली बजारमा हिट भएका छन् । उनको केटो अलि कमाउने होस, कपुरी क, ताराबाजी लैलै, मुखैमा राम राम, डिजिटल फोटो लगायतका गीत चर्चित छन् ।

(भिडियाे)

प्रतिक्रिया दिनुहोस्

LIVE TV