१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । एएफसी यु – २३ एसियन कप छनोटमा आज नेपालले आफ्नो अन्तिमा खेल लेबनानसँग खेल्ने भएको छ । नेपाली समय अनुसार नेपाल र लेबनानबीच पौने ५ बजे ताजिकिस्तानमा हुनेछ ।

नेपाल र लेबनान दुवै प्रतियोगिताबाट बाहिरिसकेको टोली हुन् । प्रतियोगितमा नेपालले यसअघि २ खेल खेलिसकेको छ ।

नेपाल पहिलो खेलमा इरानसँग ४–० ले र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको थियो । उक्त जितसँगै ताजिकिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने नेपाल नेपाल अंक तालिकाको अन्तिममा रहेको छ ।

LIVE TV