१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्याण्ड विजयी भएको छ । उसले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

दुबइमा भएको खेलमा अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।

यो सँगै अष्ट्रेलियकाको लगातार तेस्रो जित भएको छ । उता अष्ट्रेलियाले भने पहिलो हार बेहोरेको हो । उसको हालसम्म ४ अंक छ । उ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV