१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । दुई वर्ष अघिदेखि रोकिएको असर्फी उत्पादन टक्सार महाशाखाले आज शुक्रबारबाट पुनः शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपछि असर्फी छपाइ ठप्प भएको थियो ।

महाशाखाका निर्देशक विनोद आचार्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतको उपस्थितिमा परीक्षण छपाइ शुरु गरिने जानकारी दिनुभयो । आचार्यले भन्नुभयो– ‘महाशाखाले तिहारका लागि नयाँ असर्फीे छपाइ गर्ने गरी तयारी गरेको छ । परीक्षण छपाइ सफल भए लगातार रूपमा असर्फी छाप्ने छौं ।’

निर्देशक आचार्यका अनुसार गत वर्ष पुरानो स्टक असर्फी बिक्री गरिरहेकोमा यो वर्ष सकभर नयाँ सिक्का बिक्री गर्ने तयारी भएको छ । कात्तिक १५ गतेबाट बिक्री शुरु गर्न लागेको महाशाखाले एक जनालाई एउटा मात्र सुनको असर्फी खरिद गर्न दिने व्यवस्था गरेको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV