
न्युयोर्क । वल्ड्र च्याम्पियनसिप अन्तर्राष्ट्रिय उसु अनलाइन प्रतियोगिता – २०२१ मा नेपालका सुनिल शाक्यले स्वर्ण पदक जित्न सफल भएका छन् ।
कुङ्फु संघ, अमेरिकी कुङ्फु इन्टरनेसनलका सस्थापक साथै चेस्पिक मार्शल आर्ट मेरिकाका मुख्य प्रशिक्षक समेत रहेका उनले थाउलोमा १ र ओपन्समा १ गरि कुल २ स्वर्णपदक हात पारेका हुन् ।
प्रतियोगितमा चीन, हङकङ, बेलायत, अमेरिका, कोष्टारिका, जर्मनी लगायत २३ राष्ट्रले भाग लिएका थिए ।
उक्त प्रतियोगितमा विभिन्न विधामा गरी १०० भन्दाबढी खेलाडिको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय उसु संघ कङ्गो र चीनले प्रतियोगिकाे आयोजना गरेका हुन्।