१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । दोस्रो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले चुम्न सफल भएकी छिन् । शनिबार राजधानीको होटल याक एन्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै सुजिताले उपाधि चुमेकी हुन् ।

उपाधि उचाल्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।

दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा नेपालबाट प्रतिनिधित्व जनाउने छिन् ।

विजेता सुजितासँगै निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, तिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप भएका छन् ।

प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रबाल, सरिता ज्ञावलीलगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV