१३ कार्तिक २०७८, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट । नवगठित नेकपा एमाले चन्द्रपुर नगर कमिटीले कार्यविभाजन गरेको छ । प्रथम नगर अधिवेशनबाट निर्वाचित भएपछि बसेको कार्यसमितिको पहिलो बैठकले नगरका विभिन्न विभाग तथा क्षेत्रका लागि कार्यविभाजन गरेको छ ।

बैठकले विभिन्न विभाग तथा चन्द्रपुर नगरपालिकाको १० वटै वडाको इन्चार्ज र सह इन्चार्ज पनि तोकेको सचिव विनोद चौधरीले जानकारी दिए । बैठकले स्थानीय तह÷प्रशासन तथा जनसरोकार विभागको प्रमुखमा अध्यक्ष शिव आचार्य, संगठन विभागको प्रमुखमा नगर कमिटी उपाध्यक्ष राजु तिवारी, कार्यालय व्यवस्थापन विभागमा नगर कमिटी सचिव विनोद चौधरी तोकिएका छन् ।

यस्तै, प्रचार विभागको प्रमुखमा नगर कमिटी सदस्य तथा पत्रकार रमेश तिमलसिना तथा खेलकुद विभागको प्रमुखमा नगर कमिटी सदस्य अशोक पहाडीलाई तोकिएको सचिव चौधरीले बताए ।

चौधरीका अनुसार अर्थिक विभाग प्रमुखमा सुनिल तिमल्सिना, युवा विभाग संयोजकमा कमल प्रसाद न्यौपाने र सह संयोजकमा रोशन श्रेष्ठ, महिला विभाग संयोजकमा प्रभा श्रेष्ठ र उपसंयोजकमा सपना धमाल तोकिएका छन् । विद्यार्थी विभाग प्रमुखमा प्रनिश राई, उद्योग वाणिज्य फाँटको संयोजकमा दिवाकर सापकोटा र सहसंयोजकमा सोम चिमोरियाले जिम्मेवारी पाएका छन् ।

यसैगरी किसान फाँटको संयोजकमा लाल बहादुर दोङ र सहसंयोजकमा नवराज देवकोटा, मजदुर फाँटको संयोजकमा भरत राई र सह संयोजकमा मान बहादुर घलानलाई जिम्मेवारी दिइएको छ ।

बैठकले चन्द्रपुर नगरपालिकाको वडा न. १ को इन्चार्जमा कृष्ण बहादुर थापा, सहइन्चार्जमा सूर्यबहादुर वाइवा, वडा नं. २ को इन्चार्जमा क्षेत्रबहादुर भोलन, वडा नं. ३ को इन्चार्जमा दिपक गौतम, सहइन्चार्जमा प्रेमराज चौहान, वडा नं. ४ को इन्चार्जमा देवबहादुर सापकोटा, सह इन्चार्जमा यादव क्षेत्री चयन भएका छन् ।

यसैगरी वडा नं. ५ को इन्चार्जमा माधव प्रसाद कुँइकेल, सहइन्चार्जमा ऋषि पौडेल, वडा नं. ६ को इन्चार्जमा बलिराम चौधरी, सहइन्चार्जमा कृष्ण प्रसाद पराजुली, वडा नं. ७ को इन्चार्जमा प्रदिप शिवाकोटी, सहइन्चार्जमा मदन पण्डित, वडा नं. ८ को इन्चार्जमा कृष्ण प्रसाद सापकोटा, सहइन्चार्जमा दिप नारायण चौधरी, वडा नं. ९ को इन्चार्जमा उषा दाहाल, सहइन्चार्जमा राजेन्द्र चौधरी र वडा नं. १० को इन्चार्जमा राम सिंहासन यादव र सहइन्चार्जमा गंगा साह चयन गर्ने बैठकले निर्णय गरेको उपाध्यक्ष राजु तिवारीले बताए ।

नगर कमिटीका अध्यक्ष शिव अचार्यको अध्यक्षतामा बसेको बैठकमा प्रथम नगर अधिवेशनमा भएको आयव्यय विवरण प्रस्तुत गर्दै पार्टीलाई चन्द्रपुर नगरपालिकामा पहिलो पार्टी बनाउन विभिन्न रणनितिक योजनाहरुको बारेमा छलफल गरिएको उपाध्यक्ष तिवारीले जानकारी दिए ।

बैठमा प्रथम अधिवेशनबाट निर्वाचित ७५ जना नगर कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको नवर्निाचित अध्यक्ष आचार्यले गत स्थानीय तहको निर्वाचनमा पार्टीभित्रकै नेताहरुले अन्र्तघात गरेकै कारण पराजय भोग्नु परेको स्मरण गर्दै अब हुने तीनै तहको निर्वाचनमा सबै एकजुट भएर एमालेलाई विजयी बनाउने उद्घोष गरे ।

उनले चन्द्रपुर नगरपालिकाका केही नेताहरु एमाले छाडेर समाजवादीमा गएर पनि एमालेलाई माया गर्ने सबै एमालेमै रहेको भन्दै पार्टीभित्र रहेर पार्टीका उम्मेदवारलाई अन्र्तघात गर्नेहरु गएपछि पार्टी संग्लिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV