१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । नेपाली मूलका भारतीय अभिनेता डेनी डेन्जोङ्पाका छोरा बलिउडमा डेब्यु गर्ने भएका छन् ।

डेन्जोङ्पाका छोरा रिनजिङ डेन्जोङ्पा बलिउड चलचित्र ‘स्क्वाड’मा डेब्यु गर्ने भएका छन् । चलचित्र ‘स्क्वाड’ ओटिटी प्लेटफर्म जी फाइभमा कात्तिक २६ गते रिलिज हुनेछ ।

दर्शकले रिनजिङलाई एक्सन अवतारमा देख्न पाउने छन् । डेनीले बलिउड फिल्मसंगै नेपाली फिल्ममा समेत अभिनय गरेका छन् । उनी छोराको डेब्युबाट उत्साहित रहेको जनाइएको छ।

उनले आफ्नो छोराको अभिनयमा आएकोमा खुसी भएको बताए । राष्ट्रभक्तिको विषय मा बनेको फिल्ममा रिनजिङ र मालविका राज, पूजा बत्रालगायतले अभिनय गरेका छन्।

चलचित्रमा निलेश सहायले निर्देशन गरेका छन् । चलचित्रको एक्सनका लागि विदेशी फिल्म ‘म्याड म्याक्स फुरी’का स्टन्ट कोअर्डिनेटर कायर बेकले स्टन्ट डिजाइन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV