१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको छ । सारजाहमा शनिबार (आज) भएको रोमान्चक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए, भने डेभिड मिलरले अविजित २३ रन बनाए ।

यता कागिसो राबडा १३ रनमा अविजित रहे, भने एडिन माक्र्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रीक्स ११ रनमा आउट भए ।

यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलमा ४ अंक जोडेको छ । समूह १ को दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ ।

अर्कोतर्फ श्रीलंकाका वाविन्दू हसरंगाले ह्याट्रिक विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV