१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयविरुद्ध ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अनेरास्ववियु , अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी यूनियनसैगै ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गरेका हुन् ।

आज शनिबार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

चाडबाडको समयमा पेट्रोल, डिजेल र मट्टितेलजस्ता पदार्थमा गरिएको मूल्यवृद्धि र त्यसले पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्न विद्यार्थी संगठनले अनुरोध गरेका छन् । उनीहरुले जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनमा जोड दिएका छन् ।

विद्यार्थी संगठनहरुले एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति कडा आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV