१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताउँदै फैजावाद झुटो भएको बताएका छन् ।

शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा उपस्थित भएर मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले रामको जन्मभूमि अयोध्या भारत नभई नेपालमै पर्ने ठोकुवा गरे ।

प्रधानमन्त्री रहँदा राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा विवादमा तानिएका ओलीले विगत सम्झेर त्यतिबेला यस विषयमा ठूलै बबन्डर मच्चिएको पनि स्मरण गरे ।

उनले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’

ऋषिमुनी, रामलगायतको जन्म नेपालमा भएको भन्दा छिमेकी राष्ट्र भारतले पीर गर्ने गरेको पनि ओलीले बताए ।

 

LIVE TV