१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । इजरायलले फेसबुकको नयाँ नाम मेटाको खिल्ली उडाएको छ । फेसबुकले यस हप्ता आफ्नो नाम मेटामा परिवर्तन गरेको हो ।

इजरायलमा, मेटालाई हिब्रूमा ‘मृतु’जस्तै उच्चारण गरिन्छ। मेटा हिब्रूमा स्त्रीलिंगी शब्दको रूपमा उच्चारण गरिन्छ। धेरैले ट्विटरमा #FacebookDead का साथ आफ्नो प्रतिक्रिया दिएका छन्।

टेक्नोलोजी विज्ञ नीरित वेइस ब्लाटले ट्वीट गरे, ‘मेटा’को अर्थ हिब्रूमा ‘मृतु हो। यहूदीहरूले आगामी वर्षहरूमा यसको मजाक गर्नेछन्।’

अर्को ट्विटर प्रयोगकर्ताले लेखे, ‘हिब्रू बोल्नेहरूलाई हाँस्ने पर्याप्त कारण दिनुभएकोमा धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV