१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । बलिउड अभिनेता राजकुमार राव चाँडैनै वैवाहिक बन्धनमा बाँधिने भएका छन् । अभिनेता राजकुमारले आफ्नो गर्लफ्रेण्ड पत्रलेखासँग विवाह गर्न लागेका हुन् । ई–टाइम्सका अनुसार राजकुमार र पत्रलेखाले १० नोभेम्वरका दिन विवाह गर्न लागेका हुन् ।

यस सेरेमनीमा परिवार र नजिकका साथीभाईहरु सामेल हुनेछन् । अभिनेता राजकुमार रावले आफ्नो नजिकका साथीहरुलाई निम्तोसमेत पठाइसकेका बताइएको छ । अहिले विहेको तीब्र तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

हालै मात्र अभिनेता राजकुमार रावको फिल्म ‘हम दो हमारे दो’ दर्शकमाझ रिलिजमा आएको थियो । यस फिल्ममा अभिनेत्री कृति सेननसँग उनको जोडी निकै मन पराइएको थियो ।

ई–टाइम्सको एक सुत्रका अनुसार राजकुमार र पत्रलेखाले आफ्नो परिवार र नजिकका साथीहरुको उपस्थितिमा सात फेरे लिनेछन् । यो जोडी लामो समयदेखि लिभ इन रिलेशनमा रहँदै आएका छन् । यो जोडीले सोसल मिडियामा समेत एक–अर्काका लागि पोष्ट सेयर गर्दै आएका छन् ।

त्यसोत, केही समय अगाडि मात्रै अभनेता राजकुमार रावले आफ्नो गर्लफ्रेण्ड पत्रलेखासँगको बिहे र बच्चाको बारेमा कुराकानी गरेका थिए ।

उनले भनेका थिए, ‘पत्रलेखा मेरो बेस्टफ्रेण्ड हो । हामीले फिल्मको बारेमा छलफल गर्छौं । अभिनय गर्न र घुम्न हामी दुवैलाई मन पर्छ । हामीले केही समयका लागि विहे र बच्चाको बारेमा छलफल गर्न चाहदैनौं । हामी जस्तो छौं, त्यस्तै रहन चाहन्छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV