१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्कमा मञ्चमा आफ्ना थुप्रै धारण राखे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि सभामुख अग्नि सापकोटाविरुद्ध उत्रिए ।

यहीँ क्रममा ओली शुक्रबार नेपाल बार एशोसिएसनको प्रांगणमा भएको वविलबीचको कुटाकुटबारे पनि व्यंग्य गरेर हसाए । सभापति पाउनलाई कुटाकुट गरेको हो त बारमा भन्दै उनले व्यंग्य प्रहार गरे ।

‘सभापति नहुँदा के हुन्छ त ? बारमा हिजो सभापति नभएर कुटाकुट नभएको त होइन नि । सभ्यता नभएर कुटाकुट भएको हो । त्यसकारण हामीले सभ्यताको विकास गरौँ । सभापतिबाट होइन,’ ओलीले यसरी व्यंग्य प्रहार गरे ।

उनले यसरी व्यंग्य गर्दा हलमा खुबै हाँसो चलेको थियो । ओलीको सामुन्ने सिन्धुपाल्चोकबाट निर्वाचित सांसद शेरबहादुर तामाङलगायत मरि मरि हाँसेको देखिन्थे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV