१३ कार्तिक २०७८, शनिबार
  • प्रेम सुनार,

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका तिहारमा लगाइने फूलको मालामा आत्मनिर्भर बनेको छ । जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि दोस्रो गाउँसभाबाट घर–घरमा फूल उत्पादन गरी कृतिम माला बहिष्कारको घोषणा गरिएको थियो ।

सोही अनुरुप अनिवार्य घर–घरमा फूल रोप्ने अभियान सुरु गरिएको हो । अहिले धुर्कोट फूलमा आत्मनिर्भर बनिसकेको छ । गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’

उनले थप भने, ‘कसैले व्यवसायिक फूल खेती गरेका छैनन् । आफ्नो घरलाई फुग्ने फूल फुलाएका छन् ।’ गाउँपालिकाको यस अभियानबाट वर्षेनी लाखौं रकम बच्ने आँकालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV