१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । श्रीलंकामा जैविक मलको अर्डर रद्द भएपछि चीनले श्रीलंकाको बैंकलाई कालोसूचीमा राखेको छ । अङ्ग्रेजी अखबार ‘द हिन्दू’ का अनुसार चीनले श्रीलंकाको एक शीर्ष सरकारी बैंकलाई कालोसूचीमा राखेको छ ।

श्रीलंकाले भर्खरै चिनियाँ कम्पनीलाई अर्गानिक मल अर्डर गरेको थियो, तर श्रीलंकाली अधिकारीहरूले मल दूषित फेला परेपछि चीनबाट फिर्ता गरे। सोही क्रममा लेटर अफ क्रेडिट दिने बैंकले कम्पनीलाई तिर्न अस्वीकार गरेको थियो ।

चीनको वाणिज्य मन्त्रालयले ूडिफल्टू ले श्रीलंकासंगको अन्तर्राष्ट्रिय व्यापारमा चिनियाँ उद्योगहरूलाई ठूलो नोक्सान गरेको बताएको छ।

श्रीलंकास्थित चिनियाँ दूतावासले चीनको यस निर्णयको सम्बन्धमा गरेको ट्वीटको जवाफमा श्रीलंका पिपुल्स बैंकले अदालतको आदेशलाई मात्र पालना गरिरहेको बताएको छ । यस आदेशमा बैंकलाई चिनियाँ कम्पनीलाई भुक्तानी गर्नबाट रोकिएको थियो।

गत हप्ता, श्रीलंकाले जैविक मल बोकेको चिनियाँ जहाजलाई प्रतिबन्ध लगाएको थियो। त्यसमा केही हानिकारक ब्याक्टेरिया पाइएको थियो ।

एक व्यावसायिक उच्च अदालतले क्विङदाओ सिविन बायोटेक ग्रुप कम्पनी लिमिटेडलाई ९६,००० टन मलको कुनै पनि भुक्तानी गर्न प्रतिबन्ध लगाएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

दुई देशबीच जारी यो विवादको बीचमा श्रीलंकामा कृषि संकट आउन सक्छ। गत वर्ष मार्चमा श्रीलंकाले अचानक रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्ने निर्णय गर्‍यो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV