१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । तालिवानी लडाकूले अफगानिस्तान कब्जा गरेपछि नेपाल सरकारले अफगानिस्तानबाट नेपालीहरुको उद्धार कार्य जारी राखेको थियो । यसअघि ९ सय ६ जना नेपालीको उद्धार गरेको सरकारले शनिबार बाँकि रहेका ३२ जना नेपालीको उद्धार गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अब अफगानिस्तानमा उद्धार गर्नुपर्ने नेपाली रहेका छैनन्, सबै नेपालीको उद्दार गरेर स्वदेश फिर्ता ल्याइएको छ ।

शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उद्धार गरिएका नेपालीहरुसँग भेट गर्न पुगेका परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

उनका अनुसार आज दिउँसो २९ जना र बिहान ३ जना गरि ३२ जना नेपालीको उद्धार गरिएको छ ।

LIVE TV