१३ कार्तिक २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमालाई मजबुद बनाउनदै लैजाने सरकारको इच्छा रहेको बताए ।

उनले सरकार शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको आप्mनै भूमिका रहेको र सरकारको आप्mनै भूमिका हुने भएकाले स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको स्पष्ट पारे ।

उनले वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दीगो विकास गर्न क्रियाशील रहेकोले जनताको चाहनालाई पूरा गरेर काम गर्ने बताए ।

प्रदेश १ को सरकारको विषयमा सोधिएको प्रश्नको जवाफमा मन्त्री कार्कीले गठबन्धनको नेतृत्वमा सरकार अगाडि बढेकोले गठबन्धनकै निर्णय अनुसारनै हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV