१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याबारे गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने बताएका छन् ।

शनिबार (आज) जनकपुर पुगेका अध्यक्ष दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने प्रक्रियामा रहेको बताएका बताएका हुन् ।

अध्यक्ष दाहालले भनेका छन्, ‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणा भन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं । गठबन्धनका नेता अहिले कोही कता, कोही कता भएकाले बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं ।’

त्यस्तै उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने बताए । गठबन्धन स्मुथ्ली चलिरहेको र कुनै विवाद नआएको भन्दै अध्यक्ष दाहालले भने, ‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’

LIVE TV