१३ कार्तिक २०७८, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । विगत लामो समय कोरोनाको मार खेपेका वीरगन्ज विस्तारै पुरानो लयमा फर्किंदै गएको छ । कोरोनाको कारण विगत दुई वर्षको अवधिको निषेधाज्ञाको कारण थलेको वीरगन्जको व्यापार विस्तारै पुरोना लयमा फर्किदै गएको छ । तर हिन्दुहरुको महान पर्व वडा दशैं, दिपावली तथा छठ पर्वको बेला अन्य वर्षझै व्यापार हुन नसकेको व्यापारीहरुको गुनासो छ । कोरोना संक्रमण अझै कायमै रहेको कारण पनि हतपती सर्वसाधारण नागरिकहरु बजार नआएको कारण पनि दशैं, दिपावली तथा छठ पर्वको बेला हुने गरेको व्यापार जस्तो यस वर्ष व्यापार हुन नसकेको व्यापारीहरुको गुनासो छ ।

नेपाल भारतको खुल्ला सिमाना भएको कारण दुई पटक कोरोनाको हट स्पट बनेको वीरगन्ज निषेधाज्ञाको क्रममा थलो नै परेको थियो । बेला बखत निषेधाज्ञा खुकुलो भएपनि व्यापारहरु संचालन हुन पाएका थिएनन् । तर असार साउनदेखि यहाँका पसलहरु नियमित रुपमा खुल्न थालेपछि व्यापार पुरानो लयमा फर्किन प्रयास गरेको थियो । तराईबासीको महान पर्वको रुपमा रहेको छठ पर्वको बेला अन्य वर्षहरुमा वीरगन्ज बजारमा व्यापक भीडभाड हुने गरेपनि यस वर्ष खासै त्यस्तो अवस्था देखिएको छैन ।

व्यापारहरु संचालन भइरहेका छन् तर पहिलाको तुलनामा अहिलेपनि ५० देखि ७५ प्रतिशतको हाराहारीमा व्यापार भइरहेको व्यापारीहरुको भनाई छ । अहिलेको अवस्थामा विहानदेखि रातिको ९ बजेसम्म पसल थापेका व्यापारीहरुका पसलमा भीडभाड हुने गरेकोमा यस वर्ष विहान र साँझपख मात्रै केही समिति मात्रामा सर्वसाधारणहरु किनमेल गर्न घरबाट निस्कने गरेका छन् । सर्वसाधारणहरुको बजारमा चहलपहलमा कमि आएको कारण सन्तोषजनक व्यापार हुन नसकेको व्यापारीहरुको भनाई छ । विहानदेखि पसलमा बसी बसाउ छ, खासै उपभोक्ताहरुको उपस्थिति नहुने गरेको कारण व्यापार फित्तलो हुने गरेको व्यापारीहरुको दुःखेसो छ ।

वीरगन्ज आफैमा आर्थिक नगरीको रुपमा परिचित छ । यहाँ साना देखि ठुलठूला व्यापार हुने गरेको छ । सानो पसलदेखि ठूलठूला उद्योगहरु छन् । कोरोना महामारीपछि उद्योगहरु पुरानो लयमा फर्केपनि बजारमा पसल थापेका साना तिना व्यापारीहरुको व्यापार भने हालसम्म पुरोना लयमा फर्कन सकेको छैन । विस्तारै विस्तारै पुरानो लयमा फर्किने विश्वास लिएका व्यापारीहरु दशैं वितेपछि दिपावली छठ पर्वको बजारको बेला सर्वसाधारणहरुको उपस्थिति खासै नभएको कारण व्यापारीहरु निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV