१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । लागुऔषध मुद्दामा २७ दिनदेखि हिरासतमा रहेका आर्यन खान आज रिहा हुने भएका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान केही समयमै मुम्बईको जेलबाट रिहा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहीबार साँझ उच्च अदालतले २३ वर्षीय आर्यन खानलाई क्रुजमा लागुऔषध मुद्दामा जमानत दिएको थियो । समयमा कागजात नपाउँदा उनले थप एक रात जेलमा बिताउनु परेको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार आर्यन खान आज १० बजे जेलबाट बाहिर निस्किनेछन् ।

शाहरुख खान शनिबार बिहान आफ्नो घर मन्नतबाट आर्थर रोड जेल गएका थिए । आर्यन खानका वकिलले शुक्रबार साँझ ५ः३० बजेसम्म जमानतको कागजात बुझाउन नसकेपछि आर्यन खान शनिबार रिहा हुने बताएका थिए ।

मोदी सरकारमा महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले अदालतमा आर्यन खानको पक्षमा बहस गरेका थिए ।

बलिउड अभिनेत्री जुही चावलाले जेलमा पुगेर आर्यनका लागि बेल बन्ड भरेकी छन्।

यसैबीच केही शाहरुख खान छोरा आर्यनलाई लिन आफ्नो घर मन्नतबाट निस्किएका छन् । छोरा आर्यन लिन उनी आर्थर रोड जेलमा जाने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV