१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तान विजयी भएको छ । उसले आफ्नो प्रतिद्वन्द्वी अफगानिस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

यो सँगै उसले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । सुरुमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जसमा लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिएका थिए ।

उता पाकिस्तानका लागि भने इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटाएको थियो ।

यसअघि आइतबारको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकाल्दै चर्चा बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV