१३ कार्तिक २०७८, शनिबार

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पग्लिरहेको हिमालका कारण जनताले भोग्नुपरेको समस्या समाधानका लागि विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्ष राष्ट्रहरूको २६औं सम्मेलन ९कोप २६० मा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आह्वान गर्ने भएका हुन् ।

जलवायु परिवर्तनसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद् सामना गर्न बाध्य भएको नेपालले बेलायतको स्कटल्यान्डस्थित ग्लासगोमा आइतवारबाट शुरू हुन लागेको जलवायु सम्मेलनमा अनुकूलनले मात्र अब नधान्ने भएकाले गरीब मुलुकहरूलाई परेको हानिनोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने आवाज उठाउने भएको छ । नेपालको तर्फबाट सम्मेलनमा प्रधानमन्त्रीस्तरबाट १२ वर्षपछि सहभागिता हुने लागेको हो ।

सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सहभागिता जनाएपछि अहिले नै प्रधानमन्त्रीस्तरबाट सम्मेलनमा देउवा सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी ३ नोभेम्बरमा लिडर समिटमा ‘लस एन्ड ड्यामेज’को विषयलाई प्राथमिकताका साथ उठाउने छन् । सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने गरी क्षतिहरू हुन थालेका र तिनको निराकण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएकाले त्यसका लागि विश्व समुदायसँग आह्वान गरिने वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकी प्रमुख राधा वाग्लेले बताइन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV