१२ कार्तिक २०७८, शुक्रबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । वीरगन्जस्थित कारागारमा कैदीसँगै जीवन बिताइरहेका तीन बालकहरुलाई गुणस्तरीय शिक्षा तथा उचित स्यहारसुसारका लागि बाल हेल्पलाइन छपकैयाको जिम्मा लगाइएको छ ।

कारागारमा कैदी जीवन भोगिरहेका अभिभावकसँगै बालबालिकाहरुले कैदी जीवन बिताउनुपर्ने अवस्थालाई अन्त्य गर्दै गुणस्तरीय शिक्षा तथा स्यहारसुसारबाट बञ्चित रहेका यि बालकहरुलाई कैदीहरुकै निवेदनको आधारमा कारागार प्रशासन, वीरगन्ज महानगरपालिका र आवर संसार नेपाल नामक संस्थाको पहलमा बाल हेल्पलाइन सँस्थालाई जिम्मा लगाइएको हो ।

जिम्मा लगाइएका बालकहरुमा चन्दा वेगम (आमा) कि ७ वर्षीय छोरा जावेद खान, असगर सैफी (बुवा) का ८ वर्षीय छोरा समिर खान तथा सकिना खातुन (आमा) कि ५ वर्षीय छोरा सलमान खान रहेका छन् ।

कारागारमा आफूसँगै रहेका यि बालकहरुलाई उचित स्यहारसुसार तथा गुणस्तरीय शिक्षा दिन नपाएकोले तिनै जना कैदीहरुले शिक्षा दिक्षाको मार्ग प्रसस्त गर्न सँस्थालाई निवेदन दिएका थिए ।

सोही निवेदनको आधारमा कारागार प्रशासनले तिनै जना बालकलाई वीरगन्ज महानगरपालिकाका बालमैत्री फोकल पर्सन मुकेश गुप्ता, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र पर्साका प्रहरी सहायक निरीक्षक नन्दकला टम्टाको रोहबरमा बाल हेल्पलाइनलाई जिम्मा लगाएको हो ।

बालक जिम्मा लगाउने क्रममा भएको भरपाई कागजातमा कारागार प्रशासनको तर्फबाट नायब सुब्बा नवराज बर्तौला तथा जिम्मा लिने बाल हेल्पलाइनका प्रतिनिधि सोबित राज खनालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV