१२ कार्तिक २०७८, शुक्रबार
  • हरिशंकर शर्मा

वीरगन्ज । बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नंं. २१ बस्ने २० वर्षीय विकर ठाकुर हजाम र सोही ठाउँ बस्ने २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।

निजहरुले गत ९ गते विहान करिब ६ बजेको समयमा ट्युसन पढ्न जान लागेकी १६ वर्षीया बालिकालाई बाटोबाटै हात समाती जबरजस्ती तानेर फोटो स्टुडियो भित्र लगि जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए ।

आरोपित दुबैले बालिकालाई फोटो स्टुडियोमा लगी कसैले आवाज सुन्न नपाओस् भन्ने उद्देश्यले ठूलो आवाजमा गीत घन्काई स्टुडियोको भित्रबाट चुकुल लगाई बालिकाको लुगा खोली जबरजस्ती करणी गर्न लाग्दा प्रत्यक्षदर्शीहरुले अभिभावकलाई खबर गरेपछि बालिकालाई उद्दार गरिएको थियो ।

त्यसपश्चात पीडित बालिकाका अभिभावकले आफ्नो बालिकालाई जबरजस्ती करणी गर्न प्रयास गरेकोले कानून बमोजिम कारबाही गरिपाऊँ भनि जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरी दिएको थियो ।

त्यहीँ आधारमा पर्सा प्रहरीले बिहीबार साँझ करिब ६ बजेको समयमा आरोपित दुबैजनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई पर्सा प्रहरीको हिरासतमा राखी जबरजस्ती करणी उद्योग कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रनाउ खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV