१२ कार्तिक २०७८, शुक्रबार
  • दान बहादुर बुढा

मुगु । गरे के हुँदैन ? दुर्गम जिल्ला मुुगुको छाँयानाथ रारा नगरपालिका–१ का रमेश कुमार मल्लले यस भनाइलाई सावित गरेका छन् । कालिज फर्म चलाएका उनले मनग्गे आय आर्जन गर्न सफल भएका छन् ।

नगरपालिकाको अल्का सागुको १२ हजार क्षेत्र फलमा उनले ६० लाख लगानी गरेर कालिज फर्म सञ्चालन गरेका छन् । सुर्खेतबाट एक हजारका दरले एक हजार १० लाख बराबरको चल्ला ल्याएर उनी व्यवसाय चम्काइरहेका छन् ।

मल्लका अनुसार ल्याइएका २ सय चल्ला मरेपछि बाँकी चल्लालाई व्यवसाय उकास्नुछ । अहिलेसम्म ३ सय कालिज बिक्री भएको उनी बताउछन् । दैनिक लगभग ६ वटासम्म कालिज बिक्री हुने मल्लको भनाइ छ ।

कालिजको मासु खान रुचाउने फर्ममै पुग्न नपर्ने सुविधा पनि रहेको छ । ग्राहकलाई कालिजको मासु खान इच्छा भए होम डेलिभरीको व्यवस्था पनि गरिएको छ । मल्लका अनुसार प्रतिकालिचको ३ हजार रुपैयाँ पर्दछ भने होमडिलीभरीसहित ३ हजार ५ सय रुपैयाँ मूल्य तोकिएको छ ।

अहिले मल्लको फर्ममा ३ जनाले रोजगार पाएका छन् । दुर्गमा गाउँमा कालिज फर्म सञ्चालन गरेका मल्ल व्यवसाय सञ्चालनपछि सरकार र सम्बन्धित निकायबाट सहयोग नपाएको गुनासो पोख्छन् । तैपनि फस्टाउँदै गएको व्यवसायबाट उनी निकै सन्तुष्टि रहेका छन् ।

कालिज फर्म सञ्चालक, रमेशकुमार मल्ल

विदेश जाने रहर

मल्लाई अरु युवाजस्तै विदेश गएर मनग्गे कमाउने अनि परिवारसँग रमाउने सोचन पनि नआएको होइन तर, उनले त्यसो गरेनन् । उनले सोचे, ‘विदेश गएर चाकरी गर्नुभन्दा आफ्नै पेशाको चारी गर्छु, जे जति कमाइ हुन्छ त्यसमै रमाउँछु ।’

फर्म सञ्चालन गर्दाका चरणमा अनेकै बाधा आएको पनि उनीसँग तीता मीठा अनुभव छन् । र, त्यहीँ अनुभवले आज उनी यो स्थानमा छन् । उनले सुरुमा कालिच फर्म सञ्चालन गर्ने योजना बनाउँदा जागिर खानु बरु यो पेशा छाड्नु भन्दै सुझाव दिए । पुर्खाले नगरेको व्यवसाय नगर्न उनीमाथि दबाब आयो ।

तर, उनले ताकेको काम हाँकेरै छाड्ने हिम्मत जुटाए । अनि जन्मियो भवानी पशुपन्छी, मस्य तथा कृषि जन्य प्रदाथ उत्पादन बिक्री केन्द्र । प्रोपाइटर बने रमेकुमार मल्ल ।

छैन साथ

कृषि व्यवसायमै भविष्यका देखका मल्लले अहिलेसम्म स्थानीय सरकारबाट अनुदान पाएका छैनन् । उनलाई अनुदान भन्ने थाहा छ तर, पाइन्छ भन्ने आशा कम छ । किनकि अनुदान हात पार्न नेपालम राम्रै साँगाँठ चाहिन्छ तर, रमेश अरुजसरी बांगो कुरा गर्न जान्दैनन् । केवल उनी ‘माना छरेर मुरी उब्जाउन’ चाहन्छन् ।

जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख हरि बहादुर खत्री भने मल्लको फर्म पुगेर साँच्चिकै युवाले गरे के हुँदैन भन्ने लागेको अनुभव सुनाउँछन् । उनका अनुसार फर्मको अनुगमन गरेर यसबारे माथिल्लो तहलाई रिपोर्ट बुझाइएको छ ।
खाडीमा सुन देख्ने जो कोही नेपाली युवाले अब आफ्नै देशमै सुन देख्नुपर्छ- मल्लजस्तै ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV