१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । शुक्रबार प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच बाझाबाझ चलेको छ । बैठकमा उपस्थित भएका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको विषयमा असन्तुष्टि पोखेपछि बाझाबाझ चलेको हो ।

बैठकमा रावललको भनाइप्रति ओलीले हस्तक्षेप गर्दै अब १० बुँदेका कुनै औचित्य छैन भनेर झपारेका थिए ।

‘१० बुँदेको सकियो । तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ? अब कार्यदल किन चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो त,’ अध्यक्ष ओली भने ।

अब १० बुँदेभन्दा पनि पार्टीको समस्याका विषयमा पार्टी केन्द्रित हुने पनि उनले बैठकमा भनेका छन् ।

उपाध्यक्ष रावलले भने आफू १० बुँदे कार्यान्वयन कार्यदलमा बस्न नसकेर नभई सहमति कार्यान्वयन नभएपछि बाहिरिएको जवाफ दिएका छन् । बैठकमा दुईबीच चर्काचर्की भएपछि अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरालगायतले उनीहरुलाई यस विषयतिर प्रवेश नगर्न अनुरोध गरेका थिए ।

LIVE TV