१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । साउथका सुपरस्टार पुनीथ राजकुमारको निधन भएको छ । हर्ट अट्याकका कारण शुक्रबार (आज) सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन भएको हो ।

शुक्रबार हर्ट अट्याक आएपछि सुपरस्टार पुनीथलाई विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । रिपोर्टसमा भनिए अनुसार अभनेता पुनीथलाई जिममा वर्कआउट गरिरहेको अवस्थामा हर्ट अट्याक आएको थियो ।

अस्पताल भर्ना गर्ने वित्तिकै डाक्टरहरुले अभिनेता पुनीथको अवस्था गम्भीर रहेको र सक्दो बचाउने प्रयास गर्ने बताएका थिए । शुक्रबार (आज) विहान ११ः४० मात्रै पुनीथले टाउको दुखेको बताएपछि अस्पताल भर्ना गरिएको थियो ।

तर, भर्ना गरिएको केही समयपछि विक्रम अस्पतालले ४६ वर्षीय अभनेता पुनीथको मृत्यु भएको अफिसियल बयान सार्वजनिक गरेको हो । अभिनेता पुनीथको निधनप्रति साउथ उद्योगदेखि बलिउड उद्योगका कलाकारहरुले शोक ब्यक्त गरिरहेका छन् ।

सुपरस्टार महेश बाबु, आर माधवन, सोनु सूद, कुब्रा सैत, लक्ष्मी मंचु, अशोक पण्डित, राम गोपाल वर्मालगायतले अभिनेता पुनीथको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।

पुनीथले साउथको कयौं हिट फिल्म दिएका थिए । उनले आफ्नो करियरको सुरुवात चाइल्ड आर्टिस्टको रुपमा गरेका थिए । त्यसपछि सन् १९८५ मा फिल्म ‘बेट्टाडा होवु’मा काम गरे । सो फिल्मबाट उनले कयौं अवार्डहरु पनि हात पारेका थिए । साथै उनलाई नेशनल अवार्डबाट पनि सम्मान गरिएको थियो ।

पछिल्लो समय उनी फिल्म ‘सुवारत्थना’मा देखिएका थिए । यसै वर्ष रिलिज भएको सो फिल्ममा उनको क्यारेक्टरलाई दर्शकहरुले निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV