१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभन्न स्थानबाट हराएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार हस्तान्तरण गरिएका २३ वटामध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन् । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको महाशाखले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउनै नदिनको लागि सबैको सहयोग र हातेमालोको खाँचो रहेको र बिशेषगरि सवारी धनी थप सजक एवं जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।

यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV