
काठमाडौं । त्रिभुवन आर्मी भेट्रान्स टोली मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले भनिमण्डल भेट्रान्सलाई पराजित गर्दै सेमीफाइनलाको यात्रा तय गरेका हो ।
आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक एक गोल गरेका थिए । क्वाटरफाइनलका बाँकी खेल पनि आजै हुने आयोजकले जनाएको छ ।